काठमाडौँ।
सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिस अनुसार डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेकोहो।
कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका कार्की पहिलो नम्बरमा सिफारिस भएका थिए।
काठमाडौँ उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो।











प्रतिक्रिया