काठमाडौँ।
साताेकाे दाेस्राे दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोलाका एक हजार नौ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भैरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ४४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। हिजो तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।











प्रतिक्रिया