सशस्त्रको प्रवक्तामा डीआईजी मनिष थापा


काठमाडौँ।

सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापालाई दिइएको छ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालिदास धौवजी अनिवार्य अवकास भएका थिए। उनको अवकासपछि तत्काल प्रवक्ता तोकिएको थिएन।

सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले नै जिम्मेवारी सम्हाल्दै आएका थिए। आइतबार भने डीआईजी थापालाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो।