नेपाली बजारमा सुनको मूल्य तोलामा २,९०० रुपैयाँले बढ्यो


काठमाडौँ ।

नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेर २ लाख ४४ हजार ६०० रुपैयाँ पुगेको छ। शुक्रबार यसको मूल्य २ लाख ४१ हजार ७०० रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।