“मार्क वाटको शतकमा कर्णाली याक्सले लुम्बिनीलाई ९ विकेटले हरायो”


काठमाडौँ ।

कीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटले जित निकाल्दै आफ्नो पहिलो सफलता हासिल गरेको छ।

मार्क वाटले ११४ रन बनाएर अविजित रहँदा कर्णालीको जितमा मुख्य भूमिका खेले। साथै, वाटले एक विकेट पनि लिए। कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग पराजय भोगेका थिए।

बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गर्दै कर्णालीले सहज जीत सुनिश्चित गर्यो भने, लुम्बिनीले दोस्रो खेलमा पहिलो हार भोग्यो।