राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी


काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार नेपाल विशेष सेवा (दोस्रो संशाेधन) अध्यादेश, २०८२ जारी गरेका हुन् ।

राष्ट्रिपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले राष्ट्रपति पौडेलले नेपाल विशेष सेवा –दोस्रो संसोधन ) अध्यादेश ,२०८२ जारी गरेको जानकारी दिए ।

राष्ट्रिपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१)बमोजिम मन्तिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।