काठमाडौँ ।
भारत र बंगलादेशमा बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार बंगलादेशको टुंगी नजिक केन्द्रबिन्दु रहेको भूकम्पको तीव्रता ५.६ रेक्टर स्केल मापन गरिएको हो।
शुक्रबार स्थानीय समय अनुसार बिहान १०:१० बजे भारतको पश्चिम बंगालसहित आसपासका राज्यहरूमा पनि भूकम्पको कम्पन स्पष्ट रूपमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
दुवै मुलुकमा हालसम्म जनधनको विशेष क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन्। प्रभावित क्षेत्रका सुरक्षाकर्मी तथा आपत्कालीन व्यवस्थापन टोली परिचालन गरी अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाइएको छ।











प्रतिक्रिया