स्वर्णिम र पुष्पसदन विजयी


काठमाडौं।

स्वर्णिम र पुष्पसदनले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार जित हात पारेका छन् ।
स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको स्कुलमा भइरहेको प्रतियोगितामा स्वर्णिमले जेसिसलाई २०–९ तथा पुष्पसदनले माउन्ट ग्लोरीलाई ३९–१४ ले पराजित गरे । सोही स्पर्धामा ज्ञानोदय विरुद्धको खेलमा नवीन ज्योति २३–६ ले विजयी भयो ।

सिनियर ब्वाइजमा बेबी एन्जलले आनन्दकुटीलाई २७–४, स्किब्सले एनआईसी एकेडेमीलाई २६–२५, रेडियन्ट रिडर्सले ज्ञानोदयलाई २२–१७ र स्वर्णिमले विस्डमलाई २७–११ ले पाखा लगाए । जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले ग्रिनफिल्डमाथि २३–४ को सहज जित दर्ता ग¥यो ।