प्रदर्शकदेखि फिल्म क्षेत्रले समेत नपत्याएको फिल्म परान हेर्दाहेर्दै रिलिजको तेस्रो सातामा छ। प्रदर्शकले नपत्याएर सुरुवाती चरणमा केवल ६४ शोमा खुम्च्याएको परानलाई १ सय ३२ शोसम्म नपु¥याई धरै पाएनन्।
फिल्मले जसरी सुरुमा कम शो पायो, त्यसैगरी यसको व्यापार पनि प्रारम्भिक चरणमा न्युन नै रह्यो। शो संख्या वृद्धि भएसँगै यसले सुस्त गतिले व्यापार गरी पछिल्लो समयमा व्यापारको गति बढाएको छ, त्यसैगरी यसको कथा पनि सुस्त रूपमा अघि बढ्छ र वेगको गति लिन्छ। यसको कथा सुस्त हुँदै वेगमा कुद्छ, अनि फेरि सुस्त हुन्छ र दौडिन्छ। फिल्म नसकिञ्जेल यो क्रम दोहोरिरहन्छ।
फिल्म हेर्दा लाग्छ यसको कथा अघि बढेकै छैन, तर कथा र त्यसको व्यथा कहाँसम्म पुगिसक्यो पत्तै हुँदैन। फिल्मलाई सुरुमा जसरी फिल्मकर्मीसँगै प्रदर्शकले पत्याएनन्, त्यसै गरी यसले सबैलाई झुक्याएर आक्रामक व्यापार मात्र गरेन, दर्शकको मन पनि वेगको गतिले जितिरहेको छ।

फिल्मको कथा ग्रामीण परिवेशबाट सुरु हुन्छ। सहर बजार हु“दै विदेशसम्म पुग्छ। फिल्मको कथा जता जता घुम्छ, यसले दर्शकको मस्तिष्क पनि त्यतै त्यतै घुमाइदिन्छ। त्यस क्रममा ग्रामीण रहनसहनदेखि संस्कृति र परम्परासम्म अनि सहरिया जनजीवनदेखि विकृतिसम्मको उजागर गर्दै जान्छ।
एक ग्रामीण समाजमा सनातन संस्कृति र पराम्परालाई पछ्याउ“दै शान र ठाँटका साथ एक परिवार रमाइरहेको छ। त्यो परिवारको मुली गाउँभरको प्रिय छ। उसको साथी संगति र दिनचर्याले सबैलाई लोभ्याउ“छ। एक छोरा बुहारी काठमाडौं र अर्को विदेशमा। कान्छो छोरा, बुहारी र पत्नीका साथ उनी भने गाउँमै रमिरहेका छन्। उनी चाहन्छन् कान्छो छोेरो जीवनभर सँगै रहोस्, कान्छो छोरा पनि पिताजीकै चाहनामा समर्पित छ। फिल्म हेरिरहँदा लाग्छ परान यसरी नै अघि बढ्छ। कथा अगाडि बढ्दै जा“दा परानले झुक्याउदै जान्छ, झुक्याइरहन्छ।
फिल्मको कथा रोचक र यथार्थपरक छ। पटकथा कतै कतै अलमलिए पनि लयमै अघि बढ्छ। संवाद सरल र क्याची दुबै छ। कतिपय प्रसङ्गका संवादले मुटु नै घोचेको प्रतीत हुन्छ। यतिसम्म कि फिल्म सकिइसके पनि अन्तिम संवादले फेरि चसक्क घोचिदिन्छ। गीत संगीत फिल्मको कथा सहायकसिद्ध भएको छ। कोरियोग्राफी लोभलाग्दो छ।
पाश्र्व संगीत फिल्मको अर्को बलियो पक्ष बनेको छ भने छायाँकनले आँखालाई शीतलता प्रदान गरेको छ, सम्पादनमा कैंची लगाउने केही ठाउँ भेटिन्छन्।
फिल्ममा नीर शाह केन्द्रीय भूमिकामा छन्। जसरी कथा उनको वरपर घुम्छ, त्यसरी नै उनले फिल्मलाई घुमाइरहन्छन्। फिल्ममा थोरै कलाकार छन्, सबैको पात्र सजीव लाग्छन्। मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, प्रवीण खतिवडा, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यले फिल्मलाई न्याय दिएका छन्। निर्देशक दीपकप्रसाद आचार्यको डेब्यु निर्देशनलाई पहिलो काम मान्न कठिन हुन्छ।
परानभित्र
निर्माण संस्था : बाइस्कोप सिनेमा प्रालि
निर्माता : रञ्जित आचार्य र शेखर गोल्छा
कार्यकारी निर्माता : अजय उपाध्याय
निर्देशक तथा कथा : दीपकप्रसाद आचार्य
पटकथा र संवाद : यम थापा
शब्द रचना : दीपकप्रसाद आचार्य र अनिश अधिकारी
संगीत : रिदम कंडेल
स्वर : प्रमोद खरेल, पुष्पन प्रधान, यमन श्रेष्ठ, रचना रिमाल र सलिना बिके
पाश्र्व संगीत : गंगा थापा मगर
कोरियोग्राफर : सुनील क्षत्री
छायाकन निर्देशन : शिवराम श्रेष्ठ
सम्पादन : मित्रदेव गुरुङ
कलाकाहरु : नीर शाह, मदनकृष्ण श्रेष्ठ, प्रवीण खतिवडा, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काप्mले, दमन रुपाखेती, यमन श्रेष्ठ, सव्रतराज आचार्य, सुरेश थापा, विनोद राई
बाल कलाकार : आर्यादीप आचार्य

नेपालको यथार्थ परान : पूर्व युवराज्ञी हिमानी
पूर्व युवराज्ञी हिमानी शाहले गत सोमबार परान हेरेर फिल्ममा नेपालको यथार्थ भेटिने बताएकी छन्।
‘अहिलेको अवस्थामा नेपालको यथार्थ यही हो। नेपालीहरू विदेश पलायन भइराखेको अवस्था छ। परान हेर्नेहरूले नेपालको यथार्थ भेट्नुहुनेछ’ केही आफन्तका साथमा रात्रि शो हेरेपछि शाहले प्रतिक्रिया दिइन्। फिल्मले तेस्रो सातामा पुग्दै गर्दा ११ करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ।











प्रतिक्रिया