निर्माता तथा व्यवसायी दिलिप पौडेलेको निधन भएको छ। ज्वाला, जीवन संघर्षजस्ता फिल्मका निर्माता दिलिप पौडेलको बुधबार राती निधन भएको हो।
पौडेलकोे उपचारको क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राती ११ बजेर १६ मिनेटमा निधन भएको हो। पौडेलले २०५०÷०५१ ताका राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टि मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, शुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठलगायतका मल्टिस्टार कलाकारलाई लिएर ज्वाला नामक फिल्म निर्माण गरेका थिए।
त्यसपछि राजेश हमाल, मिथिला शर्मा, युवराज लामा, आरधना क्षत्री, उत्पला खड्कालगायतका कलाकारलाई लिएर जीवन संघर्ष नामक फिल्म निर्माण गरेका थिए।
७४ वर्षीय उनले नेपालमै पहिलोपटक कानुनी लेखापढी सेन्टर स्थापना गरेका थिए। पौडेलले राजधानीको डिल्लीबजारबाट आनन्द लेखापढी सेन्टर सञ्चालनमा ल्याएका थिए। नेपाल लेखापढी कानुन व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहेका उनले काठमाडौंको ओम शान्ति चोक, भक्तपुरको डोलेश्वर र इटहरीमा सिमपानी कबाब घर सञ्चालन गर्दै आएका थिए।
स्व. पौडेलको बुधबार राती नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।











प्रतिक्रिया