उर्लाबारीकी रजनी मिस कोशी


नवौँ संस्करणको मिस कोशी २०२५ को उपाधि उर्लाबारी, मोरङकी रजनी थापाले चुमेकी छन्।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मोरङको, विराटनगरमा भएको प्रतियोगितामा १६ अन्तिम प्रतिस्पर्धीलाई पछाडि पार्दै रजनीले मिस कोशीको उपाधि चुमेकी हुन्।

मिस कोशी विजेता थापालाई १ लाख रुपिया“ र विभिन्न गिप्ट ह्याम्पर प्रदान गरिएको छ। प्रतियोगितामा बर्जु, सुनसरीकी दीपाञ्जली राई फस्ट, इनरुवाकी गरिमा शाशंकर (गुराँस) सेकेण्ड, काठमाडौंकी भूमिका नेपाल थर्ड र धरानकी दिया राई फोर्थ रनर्सअप भए।

प्रतियोगितामा सुन्दरहरैचाकी लक्ष्मी चौधरी अर्गनाइजर च्वाइस, अर्जुनधाराकी युनिका विश्वकर्मा मिस पपुलर, इटहरीकी अपेक्षा चौधरी मिस पब्लिक च्वाइस, बेलबारीकी सरु लिम्बू मिस ब्युटी विथ ब्रेन, रजनी थापा मिस पर्सनालिटी, युनिका विश्वकर्मा मिस मल्टिमिडिया र गरिमा शाशंकर (गुराँस) मिस ट्यालेन्ट भए।

त्यसै गरी विराटनगरकी सिमरन साहु मिस फोटोजेनिक, दिया राई मिस ब्युटिफूल स्माइल, दीपाञ्जली राई मिस ब्युटिफूल हेयर, लक्ष्मी चौधरी मिस इन्टेलेक्ट, अपेक्षा चौधरी मिस क्याटवक, विराटनगरकी निमा राजवंशी मिस फिजिक, विराटनगरकै दीपिका शाह मिस बेस्ट ट्रान्सफरमेसन र भूमिका नेपाल मिस रिफरेसिङ फेस भए।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको निर्णायकमा विपी कोइराला प्रतिष्ठान (घोपा क्याम्प) का डिन डा. शिवेन्द्र झा, राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिदेव घिमिरे, मिस कोशी २०२४ विजेता शुभलक्ष्मी राई र निर्माता तथा निर्देशक नितिनकुमार चन्द थिए ।