काठमाडौँ ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत्त महाराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले प्रहरी वृत्तका कार्यालय प्रमुख निरञ्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
यो सहयोगले नेपाल प्रहरीमार्फत समाजमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानहरूको निगरानी गरी समयमै सूचना संकलन गर्न र सुशासन कायम राख्ने कार्यमा विशेष योगदान पुराउने अपेक्षा लिएको बैंकले जनाएको छ ।
सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने नेपाल प्रहरीलाई गरेको सहयोगबाट कार्यसम्पादनलाई सहज बनाउने बैंकको विश्वास छ ।











प्रतिक्रिया