निर्माता संघको अध्यक्षमा उदय सुब्बामहासचिवमा खगेन्द्र लामिछाने


नेपाली फिल्म निर्माताहरूको संगठन नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा निर्माता निर्देशक उदय सुब्बा निर्वाचित भएका छन्।

गत सोमबार राजधानीमा सम्पन्न संघको निर्वाचनमा सुब्बाले आफ्नो प्रतिस्पर्धी निर्माता सुनिलकुमार थापालाई २७ मतान्तरले पराजित गर्दै कुल १ सय ५३ मतले विजयी भएका हुन्। नवनिर्वाचित अध्यक्ष सुब्बाले एसएस इन्टरटेनमेन्ट प्रालिको प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका थिए। त्यस्तै महासचिवमा निर्माता, लेखक तथा अभिनेता खगेन्द्र लामिछाने अर्का निर्माता किरण नेपालीलाई पराजित गर्दै विजयी भए। लामिछानेले कुल १ सय ५२ मत ल्याउदा नेपालीले १ सय २५ मत पाएका थिए। सचिवमा युवराज गिरी निर्वाचित भए। उनले सोही पदका प्रतीस्पर्धी किसान पोखरेललाई पराजित गरेका थिए। गिरीले १ सय ५९ मत पाउदा पोखरेलले १ सय १२ मत ल्याएका थिए।

उपाध्यक्षमा रौनकविक्रम क“डेल र ज्योतिराज राई निर्विरोध निर्वाचितच भएका छन् भने कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए। त्यस्तै ९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत निर्वाचित भएका छन्। सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित निर्विरोध निर्वाचित भएका हुन्।


निर्वाचन अघि संघका निवर्तमान अध्यक्ष नवल खड्काको सभापतित्व तथा फिल्मकर्मी यादव खरेलको प्रमूख आतिथ्यतामा १९औ“ वार्षिक साधारण सभा सम्पन्न भएको थियो।