स्वाती भाटको मुख्य स्वरमा बेली चमेली बोलको गीत सार्वजनिक गरिएको छ। बिनोद ढकालको ¥याप, निशाद चन्द्राको संगीत संयोजन र बलिउडका ख्यातिप्राप्त मिक्सिङ् इन्जिनियर मनीभनन आनन्दनको मिक्स–मास्टरिङ् रहेको छ। नेपाल र भारतको सहकार्यमा तयार गरिएको गीत मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको मनमोहक अभिनय र नृत्य रहेको छ। उनीहरूलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिएका छन्। कवीराज गहतराजको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा पललाई फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ। जसमा श्वेताले उनको हातमा हतकडी लगाएको दृश्यले दर्शकमा कौतूहलता जगाउ“छ। गीतको भिडियोमा सुदिप बरालको छायांकन, बन्दे प्रसादको सम्पादन र रेनिस फागोको कलर छ।











प्रतिक्रिया