काठमाडौं।
दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा नेपाली खेलाडीले ४ पदक जितेका छन् । भारतको दार्जिलिङमा भएको प्रतियोगितामा खेलाडीले ३ स्वर्ण र १ रजत जितेका हुन् ।
पुरुष डबल्समा प्रदिप थापा र दर्शिल श्रेष्ठ, भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार तथा भेट्रान ६० वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा धुन्डुपले स्वर्ण जिते । पुरुष सिंगल्समा प्रदिपले थप १ रजत पनि हात पारे । दार्जिलिङ जिमखाना क्लबको आयोजनामा भएको प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८० हजार रुपैयाँ रहेको थियो ।











प्रतिक्रिया