सुनकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजकाे लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । सोमबार एक तोला सुन २ लाख ४३ हजार ३०० मा खरिदबिक्री भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला तोला ३ हजार ९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।