काठमाडौँ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको फैसलालाई उनी नेतृत्वको अवामी लिग पार्टीले अस्वीकार गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै अदालतको निर्णयलाई “दुर्भावनापूर्ण र प्रतिशोधप्रेरित” बताएको छ।
विज्ञप्तिमा अवामी लिगले बंगलादेशका जनता, अवामी लिगका कार्यकर्ता तथा मुक्ति समर्थक शक्तिहरूले उक्त निर्णयविरुद्ध आन्दोलन सुरु गर्ने दाबी गरेको छ। पार्टीले मंसिर ३ (नोभेम्बर १८) मा देशव्यापी बन्द तथा मंसिर ४ देखि ६ (नोभेम्बर १९–२१) सम्म विरोध कार्यक्रम घोषणा गरेको छ।
शेख हसिना र प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई सजाय सुनाउने न्यायाधिकरणमाथि पनि पार्टीले प्रश्न उठाएको छ। अवामी लिगका अनुसार निर्वाचित सरकारको सट्टा अवैध रूपमा सत्ता कब्जा गरिएको र त्यसकै आधारमा न्यायाधिकरण स्थापना गरिएको दाबी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यो न्यायाधिकरण विधिसम्मत छैन। द्वेष, बद्नियत र प्रतिशोधका आधारमा गठन गरिएको छ। युनुसले आफ्नो अवैध सत्ता सुरक्षित गर्न शेख हसिनाविरुद्ध यो कदम चालेका हुन्।”
शेख हसिना विरुद्ध चलाइएको मुद्दालाई पार्टीले “नाटकबाहेक केही होइन” भनेको छ।











प्रतिक्रिया