युवाहरूको परदेश सपना, गाउँघरको प्रेम र संघर्षको कथा बोकेको फिल्म मुगलानको टिजर सार्वजनिक गरिएको छ।
निर्माण टिमले फिल्मको टिजर युना डिजिटल युटुब च्यानलमार्फत सार्वजनिक गरेको हो। ३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुगेको देखाइएको छ। उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्याचारबीचको कथा टिजरमा छ। परिवारको खुसी र आप्mनो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई फिल्मको टिजरमा प्रस्तुत गरिएको छ। टिजरले फिल्म नेपाली समाजको कथा भएको प्रष्ट्याएको छ।
आगामी पुस १० गते रिलिजमा आउने फिल्ममा प्रभात पाल र स्मारिका ढकाल मुख्य भूमिकामा छन्। फिल्ममा श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सविन बास्तोलालगायतका कलाकारले अभिनय गरेका छन्।
रिहान प्रोडक्सनको ब्यानरमा गोमन सिंहद्वारा निर्मित फिल्म आशीष ढकालको लेखन र निर्देशनमा बनेको हो। रीता चौधरी सह निर्मात्री रहेको फिल्ममा गीत रचना आशीष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी), संगीत किरण भुषाल, गायन शान्तीश्री परियार, प्रताप दास, वेनिशा पौडेल र हरि गिरी (विमर्शी), कोरियोग्राफी देवेन्द्र कु“वर, द्वन्द्व निर्देशन जय विष्ट र राम गुरु, डिओपी अजय रेग्मी र सम्पादन तारा थापा ‘किम्भे’ को रहेको छ।











प्रतिक्रिया