आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ। किर्तिपुरमैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको हो।

जनकपुरका लागि आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५४ रन बनाए।

त्यस्तै, जनकपुरका लागि मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले सात, रुपेश सिंहले चार, जान निकोल लफ्टी-इटोन र सञ्जय कृषिमूर्तीले दुई-दुई विकेट लिए।

काठमाडौंका लागि मिलिन्द कुमारले तीन, करण केसी, शहाब आलम र सन्तोष यादवले एक-एक विकेट लिए।