शेख हसिनाविरुद्धको मुद्दाको फैसला आज, सुरक्षा सतर्कता बढाइयो


काठमाडौँ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर ‘मानवता विरुद्धको अपराध’ सम्बन्धी मुद्दामा आज (सोमबार) फैसला सुनाइँदैछ। बीबीसी बंगला सेवाले जनाए अनुसार न्यायाधिकरणले बिहान ११ बजे निर्णय सार्वजनिक गर्नेछ।

अभियोजन पक्षले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलसहितका अभियुक्तलाई अधिकतम सजाय—मृत्युदण्ड माग गरेको छ।

फैसला पूर्वानुमानकै क्रममा सर्वोच्च अदालतले सुरक्षा कडा पार्न सेना परिचालन गर्न सेना मुख्यालयलाई पत्रसमेत पठाएको छ। न्यायाधिकरण परिसरमा सुरक्षा सतर्कता बढाइएको छ।

चारैजनाको मुद्दाको फैसला प्रत्यक्ष प्रसारण गरिनेछ र बंगलादेश टेलिभिजन (BTV) बाट यसलाई लाइभ प्रसारण गरिने बताइएको छ।

गत वर्ष सरकारविरोधी प्रदर्शन चर्किएपछि देशभर हिंसा फैलिएको थियो। त्यही क्रममा शेख हसिनामाथि मानवता विरुद्धका अपराधमा संलग्न भएको आरोप लागेपछि उनी सत्ता गुमाउँदै देश छाडेर भारततर्फ शरण लिएकी छन्। अहिले पनि उनी त्यहीँ बस्दै आएकी छन्।