अमेरिकालाई हराएर नेपाल सेमिफाइनलमा


काठमाडौं।

नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेर अमेरिकालाई १० विकेटले हराएसँगै भारतमा जारी नेत्रहीन महिला टि ट्वान्टी क्रिकेट को सेमिफाइनलमा पुगेको छ ।
नेपालले आइतबार अमेरिकालाई ९.४ ओभरमा १७ रनमा अलआउट गरेको हो । नेपालका लागि दिलसरा धमलाले ३ र सरिता घिमिरेले १ विकेट लिएका थिए । १८ रनको लक्ष्य नेपालले ४ बलमा पूरा गरेको थियो । दिलसराले नटआउट हुँदैं १२ रन बनाइन् । दिलसरा प्लेयर अफ दि म्याच बनिन् ।

सन् २००६ को तेस्रो नेत्रहीन विश्वकप मा पाकिस्तानले वेस्ट इन्डिजलाई २१ रनमा अलआउट गरेको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएको छ ।
नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका र तेस्रो खेलमा अस्ट्रेलियालाई हराएको थियो। भारतसँग भने नेपाल पराजित भएको थियो।