आत्मविश्वासको आवाज, मुस्कानभित्रको पेसा र शब्दको जादु– यही तीन विशेषताले सगरिका श्रेष्ठलाई बनायो नेपालकी चर्चित टेलिभिजन होस्ट।
केवल २० वर्षको उमेरमा पहिलोपटक क्यामेरासामु माइक समाउदा उनलाई थाहा थिएन–यही क्षणले उनको जीवनलाई नया दिशातर्फ मोड्नेछ। त्यो बेला देशकै अग्रणी टेलिभिजन च्यानलमा नया अनुहारका लागि लाइभ शो सञ्चालन गर्नु चूनौतीपूर्ण अवसर उनको सामु थियो। सगरिकाले त्यो अवसरलाई रूपान्तरण गरिन् आफनाे पहिचानमा कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम के आज घरमैबाट।
यस शोमार्फत उनले कलाकार, शिक्षक, मोडल, उद्यमीदेखि सामाजिक अभियन्तासम्मका कथा दर्शकका मनमा पु¥याइन्। उनका सहज संवाद, आत्मीय प्रस्तुति र आत्मविश्वासले उनलाई छोटो समयमै दर्शकको मनमा बसाल्यो। त्यसपछि उनले हियर्स टु लाइफजस्तो लाइफस्टाइल कार्यक्रम र उडमान्डुजस्तो फिल्मी शोमार्फत सौन्दर्य, फेशन र मनोरञ्जनका संसारलाई उज्यालो पारिन्। सन् २०१८ को विश्वकप फुटबलको समयमा उनले खेलकुद होस्टका रूपमा पनि फरक छवि निर्माण गरिन्।
तर, उनको करियरको सबैभन्दा ठूलो मोड थियो कल कान्तिपुर। यो एक यस्तो कार्यक्रम थियो, जसले सगरिकालाई देश–विदेशका दर्शकस“ग प्रत्यक्ष रूपमा जोड्यो। सेलिब्रिटीस“गको रमाइला संवाददेखि सामाजिक विषयमा गहिरा चर्चा–सबै उनले सहज रूपमा प्रस्तुत गरिन्। कोभिड–१९ महामारीको कठिन समयमै उनले कल कान्तिपुर क्वारेन्टाइनसञ्चालन गर्दै दर्शकका मनमा आशा र सकारात्मकता भरेकी थिइन्।
उत्कृष्ट प्रस्तुतिका कारण उनले विभिन्न राष्ट्रिय अवार्डमा सर्वश्रेष्ठ टेलिभिजन होस्टको उपाधि हात पारिन्। ‘लाइभ टेलिभिजन शो मेरो विद्यालय हो, जहा“ मैले सञ्चार, संयम र मान्छेको मन पढ्ने कला सिकेँ’ उनी मुस्कुराउँदै भन्छिन्।
आज सगरिका अमेरिका पुगेकी छिन्। जहाँ उनले कम्युनिकेशन, पिआर र डिजिटल मार्केटिङमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्। तर उनको वास्तविक पहिचान अझै पनि त्यसै माइकसँग बाँधिएको छ, जसले उनलाई बनायो लाखौं दर्शकका प्रिय।











प्रतिक्रिया