’के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
’उद्देश्य के लिनु ?’ ‘उडी छुनु चन्द्र एक ।’
काठमाडौँ
बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १७ औँ जन्मजयन्तीका अवसरमा अन्तरक्याम्पसस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । गोष्ठीमा सभापति क्याम्पस भाषा विभागका विभागीय प्रमुख प्रा. ध्रुवकुमार न्यौपाने गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि महाकविपुत्र पद्मप्रसाद देवकोटा, विशेष अतिथि संस्थापक क्याम्पस प्रमुख प्रा.डा. केदार न्यौपाने र क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्का, अतिथिहरू स्रष्टा कोषराज न्यौपाने, खोलाघरे साहिँलो, सविता बराल, प्राध्यापक संघ बानेश्वर क्याम्पस एकाइ सभापति सह.प्रा. सुधीरकुमार रिमाल, क्याम्पसका पदाधिकारी र प्राध्यापकहरू तथा स्ववियु बानेश्वर क्याम्पस एकाइ सभापति भूमिराज अधिकारी रहनुभएको थियोे ।
राष्ट्रगान तथा महाकविको तस्बिरमा माल्यार्पण पश्चात अतिथि कवि सविता बरालबाट “उठ महाकवि“शीर्षकको नर्कुटक छन्दमा रचित कविता वाचनपश्चात् कविता वाचन सुरु भएको थियो । प्रतियोगितामा विभिन्न क्याम्पसका २५ जना विद्यार्थीरूको सहभागिता रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख घमानसिंह खड्का, प्राध्यापक सङ्घका सभापति सुधीरकुमार रिमाल, स्वतन्त्र विद्यार्थी युनियनका सभापति भूमिराज अधिकारीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । साथै कार्यक्रमका बीचमा महाकविद्वारा रचित यात्री कविताको गायन तथा पागल कविता वाचन गरिएको थियो । कोषराज न्यौपाने र खोलाघरे साहिँलोले वाचित कविताको मूल्यांकन गर्नुभएको थियो । यस प्रतियोगितामा कविहरू अप्सरा पोख्रेल, रुबी सत्याल, प्रकृति परियार र महेश राणा क्रमशः प्रथम द्वितीय तथा तृतीय घोषित हुनुभयो ।
कार्यक्रममा पद्मप्रसाद देवकोटा, केदार न्यौपाने, कोषराज न्यौपानेलगायत वक्ताले महाकवि देवकोटा विभिन्न पक्षमाथि प्रकाश पार्नुुभएको थियो । उपप्रा. डा. रमेश शुभेच्छुले सञ्चालन गर्नुभएको थियो ।











प्रतिक्रिया