पटना ।
बिहार विधानसभा निर्वाचनको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरू भएको छ। प्रारम्भिक नतिजाले सत्तारूढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) स्पष्ट रूपमा अघि बढी रहेको संकेत दिएको छ।
भारतीय अनलाइन हिन्दुस्तान टाइम्स का अनुसार, मतगणना जारी रहँदा १४२ सिटमा एनडिए गठबन्धनले अग्रता कायम गरेको छ। भाजपा–जेडीयू नेतृत्वको यो गठबन्धनमध्ये भारतीय जनता पार्टी ९भाजपा० ७४ सिटमा र जनता दल–युनाइटेड ९जेडीयू० ६१ सिटमा अघि रहेको छ।
यसैबीच प्रमुख विपक्षी महागठबन्धन ६५ सिटमा मात्र सीमित देखिएको छ। महागठबन्धनका मुख्य दल राष्ट्रिय जनता दल (आरजेडी) ५६ सिटमा र भारतीय कांग्रेस ६ सिटमा अघि छन्।पहिलोपटक निर्वाचनमा उत्रिएको जनसुराज पार्टी तीन सिटमा मात्र अग्रता लिन सफल भएको प्रारम्भिक अपडेटमा उल्लेख छ। करिब ३९ सिटमा अझै मतगणना सुरू हुने क्रममा रहेको अधिकारीहरूले जनाएका छन्।
बिहार विधानसभा बहुमतका लागि १२२ सिट आवश्यक पर्छ। यसअघि सार्वजनिक भएका अधिकांश एक्जिट पोलले समेत यसपालि पनि एनडिएकै पक्षमा परिणाम आउने संकेत गरेका थिए।
यदि अन्तिम नतिजामा पनि एनडिए विजयी भयो भने, जेडीयूका नेता नितिश कुमार दशौँ पटक बिहारका मुख्यमन्त्री बन्नेछन्।
मतगणना जारी रहेकाले नतिजामा केही उतार–चढाव आउन सक्ने सम्भावना रहेको, तर प्रारम्भिक चरणमै एनडिएको बलियो उपस्थितिले पुनः सत्ता उसैको हातमा जाने संकेत दिइरहेको छ।











प्रतिक्रिया