समानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का


काठमाडौं ।

टायल्स र बाथवेयर ब्रान्ड समानी सेरामिक्स लिमिटेडले पूर्व क्रिकेट कप्तान पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कम्पनीका अनुसार, यस साझेदारीले नेपाली उपभोक्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने र बजारमा आफ्नो अग्रणी स्थान कायम राख्ने उद्देश्य राखेको छ।

पारस खड्का अब समानी सेरामिक्सका टायल्स, बाथवेयर, एडेसिभ, वाटरपुरुफिङ र अन्य उत्पादनहरूको ब्रान्ड प्रवर्धनमा विभिन्न क्रियाकलापमा सहभागी हुनेछन्। समानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारस खड्काको लगनशीलता र उत्कृष्टताले कम्पनीको नवीनता र नेतृत्वको मूल्यलाई झल्काउने बताए। उनी नेपालको सबैभन्दा मूल्यवान बजारमा पारसको विश्वसनीयता र लोकप्रियता ब्रान्ड सन्देशलाई बलियो बनाउने महत्वपूर्ण तत्व हुने बताए।

कम्पनीका मार्केटिङ प्रमुख अंशुमन चक्रवर्तीले पारस खड्काको खेलमा सफलता र नेतृत्वका साथै इमानदारी र सकारात्मक प्रभावका कारण उनलाई सबै पुस्तामा लोकप्रिय मानिएको उल्लेख गर्दै, यस्तो व्यक्तित्वले समानी सेरामिक्सका गुणस्तर, नवीनता र विश्वासलाई पूर्णरूपमा प्रस्तुत गर्न सक्षम हुने बताए ।