भावनात्मक हर्ष


ख्यातिप्राप्त फिल्म लेखक तथा निर्देशक स्व. शिव रेग्मीको भाञ्जी एकता पौडेलद्वारा निर्देशित फिल्म हर्षको ललितपुरमा आयोजित एक कार्यक्रमबीच भावनात्मक ट्रेलर सार्वजनिक भएको छ ।

पारिवारिक कथावस्तुमा आधारित फिल्मको ट्रेलरमा फिल्मको कथावस्तु र चरित्र चित्रण प्रस्तुत गरिएको छ। ट्रेलरमा छोराको विवाहपछि परिवारमा आउने उतारचढावको कथावस्तु देखाइएको छ।

आगामी मंसिर १२ गते रिलिजमा आउने अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम म्युजिकको व्यानरमा प्रशन्न पौडेल र विकास पौडेलद्वारा निर्मित फिल्म एकता पौडेलले डेब्यु निर्देशन गरेकी छन्। लघु फिल्म निर्माण गर्दै आएकी एकताले हर्ष निर्देशक मामा स्व. शिव रेग्मीलाई समर्पण गरेकी छन्। न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ र आमसञ्चारमा स्नातक गरेकी पौडेलले फिल्म पारिवारिक र सामाजिक कथामा आधारित रहेको बताइन्। उनले नेपाली फिल्ममा पारिवारिक कथाको ट्रेण्ड घट्दै गएकाले पनि आफूले यो विधा रोजेको बताइन्।

अभिनेता खगेन्द्र लामिछानेले महिला निर्देशकले निर्देशन गरेको फिल्ममा अभिनय गरेको पहिलो अनुभव भएको चर्चा गर्दै उनले मिहिनेतका साथ फिल्म तयार पारेको बताए। अभिनेत्री वर्षा राउतले आपूmलाई सधै“ आमा, सासू र परिवारस“ग सम्बन्धित पात्र मन पर्ने र फिल्ममा पनि त्यस्तै भूमिका रहेको खुलाइन्।

खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिमा तुलाधर, अंशु महर्जन, रेणु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापितलगायतका कलाकारले अभिनय गरेको फिल्ममा कथा र पटकथा निर्देशक पौडेलकै रहेको छ भने संगीत समीर र हिमाल, वसन्त सापकोटा र एलिस कार्कीको, नृत्य निर्देशन सुनिल क्षेत्री र निर्देशक पौडेल, छाया“कन आलोक शुक्ला र सम्पादन लोकेश बज्राचार्यको रहेको छ।
चितवनमा छाया“कन गरिएको फिल्ममा हिक्मत चौखल कार्यकारी निर्माता रहेका छन्।