काठमाडौँ ।
नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ५० हजार २०० रुपैयाँ पुगेको हो।
यसरी एकैदिनमा तोलामा ५ हजार ९०० रुपैयाँले सुनको मूल्य बढेको छ। यस्तै, बुधबार तोलामा ३ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।











प्रतिक्रिया