रामेछाप ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् रामेछाप इन्चार्ज कमल प्रसाद चौलागाईंले संविधानलाई ट्रकमा ल्याउन संसद् पुनर्स्थापना गर्न आवश्यक रहेको बताएका छन् । बुधवार एमाले रामेछापले कात्तिक २९ गते गर्ने जनप्रदर्शनको तयारी बैठकमा बोल्दै एमाले नेता चौलागाईंले यस्तो बताएका हुन् ।
संसद् विगठनले लोकतन्त्रलाई सखाप पार्ने र देशलाई अनिश्चितता तर्फ लैजाने शक्तिलाई सहयोग पुग्ने बताउँदै संसद् पुरस्थापनाको आवश्यक रहेको बताए । संसद् पुनर्स्थापनाका लागि काँग्रेसका सांसदले पनि आवाज उठाउन सुरु गरेकाले यसका लागि सबै पक्ष मिलेर जानु पर्नेमा नेता चौलागाईंको जोड रहेको थियो ।
कार्यक्रममा बोल्दै एमाले नेता चौलागाईंले केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरे पछि देशमा समस्या बढ्दै गएको बताए । अहिले फ्री तिब्दत्, देश विखण्डन र सुरक्षा निकायका मनोबल घटेको प्रसङ्गलाई जोड्दै राष्ट्र प्रेमी नेतालाई अपदस्त गरे पछि यस्ता समस्या आउने बताए ।
देशको अहिलेको अवस्था आउनुमा संयन्त्र रहेका बताए । कार्यक्रममा नेता चौलागाईंले यसका लागि सबै राष्ट्रवादी एक ठाउँमा आएको रहस्यहरू खुल्दै जाने बताए । कार्यक्रममा उनले अहिले चुनावमा जानका लागि यो सरकारले चुनावको वातावरण बनाउन नसकेको आरोप समेत लगाए । प्रहरीबाट लुटिएका हतियारहरू अझै लुटेरासँग भएको, कारागारबाट भागेका धेरै कैदिहरु जेल बाहिर हुन र सुरक्षा निकायको मनोबल घटेको कारणले चुनावमा जान नसकिने उनको भनाइ रहेको थियो ।











प्रतिक्रिया