काठमाडौँ ।
नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ रहेको छापावाल सुन बुधबार घटेर २ लाख ४४ हजार ३०० रुपैयाँमा पुगेको छ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा ३ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३ हजार ७५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।











प्रतिक्रिया