भारतका अधिकांश तिर्थालु सुदूरपश्चिम प्रदेशको बझाङ हुँदै ताक्लाकोट नजिकै रहेको विश्वकै प्रसिद्ध धार्मिक धरोहर श्री मनसरोवर कैलाशमा सहजै दर्सन गर्न सकिने निश्चित छ । बिगत ९ बर्ष देखि निर्माणधिन अवस्थामा रहेको चैनपुर-ताक्लाकोट सड्कखण्ड अहिलेसम्म जम्मा ४२ किलोमिटर ट्रयाक खुलेको छ ।
बझाङ ।
बझाङ देखि छिमेकी राष्ट्र चिन जोड्ने चैनपुर(ताक्लाकोट सडकखण्ड देशकै सबै नाका भन्दा छोटो दुरीमा रहेको छ । बझाङको सदरमुखकाम चैनपुर देखि चिनको ताक्लाकोट सम्मको दुरि १सय १७ किलोमिटर रहेको छ । यो छोटो दुरिको नाका सुचारूमा आउन सके बझाङ र सिङ्गै सुदूरपश्चिम त्रिदेशिय ब्यापारीक मुख्य केन्दको रूपमा रहने निश्चित छ । नेपालको दक्षिणी भागमा रहेको भारत का अधिकाँश तिर्थालु सुदूरपश्चिम प्रदेशको बझाङ हुँदै ताक्लाकोट नजिकै रहेको विश्वकै प्रसिद्ध धार्मिक धरोहर श्री मनसरोवर कैलाशमा सहजै दर्सन गर्न सकिने निश्चित छ । बिगत ९ बर्ष देखि निर्माणधिन अवस्थामा रहेको चैनपुर(ताक्लाकोट सड्कखण्ड अहिलेसम्म जम्मा ४२ किलोमिटर ट्रयाक खुलेको छ ।


सुदूरपश्चिम प्रदेश बिकासको मुख्य मेरुदण्डको रूपमा रहेको सडकसंजाल ९ बर्षमा ४२ किलोमिटर ट्रयाक खोल्नु भनेको नै कछुवाको गति र सरकारले बझाङको चैनपुर(ताक्लाकोटनाका लाई अवहेलना गरेको सहजै अनुमान लगाउन सकिन्छ । बझाङ प्रदेश सभा १ ९क० बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री स्वार्गिय पृथ्वी बहादुर सिंहको सपना साकार गर्न उहाँकै छोरा काँग्रेसका युवा नेता अभिषेक बहादुर सिंहले चैनपुर(ताक्लाकोट सडकखण्डको अनुगमन गरेका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्विको ढोकाको रुपमा पहिचान बोकेको यो आयोजना नेपाल ,भारत र चिन संग प्रत्यक्ष व्यापारी सम्बन्ध बिस्तार गर्ने आयोजनाका रुपमा परिचित छ ।

चैनपुर-ताक्लाकोट सडक आयोजना ११७ किलोमिटर लम्बाई रहेको छ। उक्त ट्रयाक खोल्ने कार्य २०७४ असार २७ गते देखि सुरु गरि हालसम्म ४२ किलोमिटर तलकोट गाउँपालिकाको पाल्तिभिर सम्म ट्रयाक खोल्न सफल भएको छ । तलकोट गाउँपालिकाको रुपातोला गाउँ देखि सोही पालिकाको पाल्ति भिर सम्म २२ किलोमिटर ट्रयाक खोल्ने जिम्मा पाएको ूस्वच्छन्द्र बानिया नागार्जुन जेभिूले ८५ करोडको ठेक्का सम्झौता गरि हाल सम्म ठेक्का ७४ प्रतिशत कार्य सम्पन्न गरिएको छ । उक्त कार्य गरेवाफत हाल सम्म ६८ करोड रकम भुक्तानी लिएको निर्माण कम्पनीले जनाएको छ ।
हरेक निर्वाचनमा बझाङ्गका राजनितिक दलहरुको मुख्य चैनपुर हुँदै साइपालको उरै भज्याङ्ग सिमा र ताक्लाकोट चुनावी एजेण्डाका रुपमा लिएको यो सडकखण्डलाई चिन सरकार संग समन्वय गरि पूर्णता दिन सुदुरपश्चिम प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री स्वर्गीय पृथ्वी बहादुर सिंह स्थलगत निरिक्षणका लागि बझाङ्ग आउदै गर्दा २०८१ असार ४ गते सडक दुर्घटना भई मृृत्यु भए पछि सडक निर्माण कार्यलाई तिव्रता दिने सपनाहरू सपनामै सिमित रहेका थिए ।
स्वर्गीय बुवाले बझाङ बिकासका लागि देखेका ठूला ठुला सपनाहरू साकार पार्ने उद्वेश्यले काँग्रेस नेता अभिषेक बहादुर सिंह स्थलगत अध्यायन गरि चैनपुर (ताक्लाकोट सडकलाई पूर्णता दिन सम्पूर्ण राजनीतिक दल एक भएर लाग्नु पर्ने बताए । नेता सिंहले भावुक हुँदै भनेूमेरा बुवाको सपना यहि सडकलाई आफु मन्त्री भएकै बेला,केन्द्रीय सरकारका तत्कालीन परराष्ट्र मन्त्री,तत्कालीन मुख्यमन्त्री र मन्त्री ज्युहरू लगायत सरोकारवाला संगको समन्वयमा उरै भञ्ज्याङमा सुरूङ्ग मार्गको अवलोकन र सडक निर्माणमा तिव्रता गर्न गृह जिल्ला आउनेक्रममा सवारी दुर्घटनामा देहावसान भयो ।
त्यस पछि त्यही कुरालाई सम्झेर मेरो मनमा भिज्यो र रहिरहेको छ।ती सपनाहरू प्रत्यक्ष बझाङ्गबासीसंग सम्बन्धि छन् । ूमैले जीवनमा पाउनु पर्ने पनि केही छैन सबै पाएकै छ,जीवनमा बुवा,मुवा,ठुलीमुवा संगै गुमाए त्यो भन्दा बढि म के गुमाउन सक्छौू । मैले गर्ने भनेकै बझाङ र बझाङबासी कै लागि हो । युवा नेता अभिषेक बहादुर सिंहले अनुगमनकाक्रममा मनका कुरा सेयर गरी भने।
सुुरुङ्ग मार्ग मार्फत चैनपुर(ताक्लाकोट सडक आयोजनालाई छिटो पूर्णता दिनु पर्ने र आगामी ठेक्कामा सरकारले हेलिकप्टर मार्फत निर्माण सामााग्री ओसापसार गर्ने व्यावस्था मिलाउने गरि सरकारलाई थप ज्ञापन बुझाउने र स्वार्गिय मन्त्री पृथ्वी बहादुर सिंहको सपना साकार गर्ने गरि सडकको अनुगमन गरेको नेता सिंहले बताए ।
८५ करोड ठेक्का सम्झौता भई यहि आउने फाल्गुन २७ गते ठेक्का सकिने र निर्माण कार्य लाई कार्यालयले निरन्तर अनुगमन गरि ठेकेदार कम्पनीले राम्रो काम देखाएको ईन्जिनियर बिजय रानाले बताए।यता निर्माण कम्पनीका ईन्जिनियर नवीन देवले भने निर्माण कम्पनी नागार्जुन कन्ट्रक्सन सम्झौता समय अनुसार कम्पनीलेअब फाल्गुन २७ गते अन्तिम समय सिमा भित्र क्वान्टिटि अनुसारको काम कम्पनीले निर्माण गरि सक्ने बताए ।
दुर्गम क्षेत्र र मौसम फेरवदको समस्याले निरन्तर काम गर्न कठिन हुने र कडा चट्टान संगै हिउँद र बर्खायमको समयमा काम गर्न नसकिने जटिल समस्याका कारण पनि केहि ढिला हुने गरेको छ ।चैनपुर(ताक्लाकोट सडक आयोजना त्रिदेशिय व्यापारिक नाका भएकोले यसको निर्माण छिटो गर्न पाए सुदुरपश्चिम मात्र नभएर नेपाल देश नै ठूलो आर्थिक समृद्धिको ढोका खुल्नेमा स्थानीयले बिश्वास गरेका छन । नेपाल सरकारले यस नाका लाई कुटनैतिक तवरबाट राष्ट्र बिकासका लागि छिटोछरितो निर्माण र पहलकदमी गर्नु पर्छ ।












प्रतिक्रिया