काठमाडौँ।
युवा नेता राज पराजुलीको नेतृत्वमा १३० जना जेन–जेड (Gen Z) पुस्ताका युवाहरू आज नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। राजधानीमा आयोजित विशेष कार्यक्रममा उनीहरू एमालेमा औपचारिक रूपमा प्रवेश गरेका हुन्। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरे।

कार्यक्रममा बोल्दै नेता पराजुलीले युवा पुस्ताको सक्रिय सहभागिता बिना देशको रूपान्तरण सम्भव नभएको बताउँदै भने,“हामी नयाँ सोच, ऊर्जा र दृष्टिकोणका साथ एमालेमा आएका हौँ। देश निर्माणमा युवाको भूमिका अब निर्णायक बन्नेछ।”

एमालेका नेताहरूले नयाँ पुस्ताको आगमनले पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। कार्यक्रममा उपस्थित युवाहरूले देश विकास र सुशासनका लागि एमालेको नीति र दृष्टिकोणप्रति भरोसा व्यक्त गरेका थिए।











प्रतिक्रिया