स्वामी प्रपन्नाचार्य किरातहरू पनि आर्य जातिकै सन्तान भएकाले किरात र आर्यबीच विवाद गर्न नहुने मान्यतामा अडिग थिए । किरात जाति पनि आर्य हुन् भन्ने दाबी उनको ‘प्राचीन किरात इतिहास’ भन्ने मोटो किताबमा पढ्न पाइन्छ ।
प्रपन्नाचार्यको यही मान्यताका कारण उनलाई कतिपय आदिवासी जनजाति नेताहरूले ‘ब्राह्मण’ भन्ने गरेका थिए । तर, वेद र संस्कृतमा प्रकाण्ड विद्वता हासिल गरेकाले प्रपन्नाचार्यलाई हिन्दुशास्त्रका पण्डितहरूले पनि किरात मूलको ब्राह्मण नै मान्ने गरेका छन् । यस्तो किताब पैसाको अभावको कारण नछापिएको उनका चेलाले बताएका छन् । पशुपतिको माथि डाँडा आश्रममा उहाँको आश्रम रहेको छ । उहाँका अन्य थुप्रै चेला रहे पनि अहिले एक जनाले आश्रम कुरेर बस्नु भएको छ । अन्य चेलाहरू प्रपन्नचार्य विलिन भएपछि अन्यत्रै गइसकेका छन् । सुनसान देखिने आश्रममा एक जना चेलाले रुँगेर बस्नुभएको छ । उहाँका अनुसार ‘प्राचीन किरात इतिहास’ कसैले छापिदिए हुन्थ्यो भन्ने आशा देखिन्छ । साझाबाट छापिँदै आएको वेदमा के छ ? भन्ने पुस्तकको रोएल्टी पनि नपाइएको उनले दुखेसो पोखेका छन् । अन्य प्रकाशनले पनि रकम नदिने भएको हुनाले आफँैले छाप्न पाए हुने चाहना प्रपन्न चार्यका चेलाको रहेको छ ।
डा. स्वामी प्रपन्नचार्य वास्तविक नाम काले राई हो । उहाँको जन्म पाँचथरको लालिखर्कमा भएको थियो । उहाँले ३० वर्षको उमेरमा पढ्न लेख्न सुरु गरेर पिएचडीसम्मको अध्ययन पूरा गर्नुभएको थियो । उहाँले लेख्नुभएको ’वेदमा के छ?’ भन्ने पुस्तक एकदमै चर्चित पुस्तक हो । उहाँले जीवनभर हिन्दु धर्मको अध्ययन र अनुसन्धान गर्नुभए पनि अन्तिम संस्कार भने किराती परम्पराअनुसार होस् भन्ने थियो । उहाँबाट के सिक्न सकिन्छ भने, कुनै पनि कार्य गर्नलाई कहिल्यै ढिला हुन्न भन्ने कुरा सिक्न सकिन्छ । स्वामी प्रपन्नाचार्यले एकदर्जन भन्दा बढी पुस्तकहरू लेखेका छन् । उनका केही पुस्तकमा १.सम्मार्ग दर्शन (०३३) २.प्राचीन हिन्दुविज्ञान (२०३६) ३.वेदमा के छ ? (२०३७) ४.पद्मस्मृति ग्रन्थ (सं.२०४०) ५.किरातहरू मंगोलिलयाबाट आएका शरणार्थी होइनन् (२०४७) ६.भावामृत व्याख्या (सं.२०४९) ७.काले राईका क्वाँटी कविता (२०५०) ८.प्राचीन किरात इतिहास (२०५१) ९.मानव अधिकार हनन् के हो ? (२०५१) १०.कार्तविर्योदय महाकाव्य (सुकृतिदत्तकृत सं. २०५१) ११. योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ (सं.२०५४) १२.महागुरु फाल्गुनन्द सरस्वती सत्यहाङ्माको जीवनी (२०५४) १३. संक्षेपमा मेरो जीवनयात्रा (२०५९) जस्ता रहेका छन् । जनु अमूल्य छन् ।
-सन्ध्या बराल
कोटेश्वर, काठमाडौँ











प्रतिक्रिया