कास्की।
उमेरले ५८ वर्ष छोएका अमृत गुरुङको सांगीतिक जोस उस्तै छ। नाइन्टिजदेखि अहिलेसम्मको उनका गीत फेरि एकपटक पोखरामा गुन्जिएका छन्। उनको पोखरा रंगशालामा सांगीतिक माहोल जमाउने सपना पूरा भएको छ।
गायक गुरुङको नेपथ्य व्याण्डले ८ वर्षपछि पोखरा रंगशालामा पोखरेली दर्शकको गर्विलो सहभागितामा भव्य कन्सर्ट सम्पन्न गरेको छ। शुक्रबार साँझ पोखराको फुटबल स्टेडियममा गुरुङको प्रस्तुतिले युवापुस्तादेखि वृद्धा पुस्तासम्म संगीतमा झुले। कन्सर्टको सुरुवात भयो— ‘हो रामा रामाबाट। पोखरामै जन्मि हुर्किएका नेपथ्य व्याण्डका प्रमुख अमृत गुरुङले पोखराका तालहरूको वर्णन गरे। कन्सर्टकै बीच बीचमा पोखराको फेवातालमा माछीको कहानी पनि थपे। गीतमै भने— तालको पानी माछीले खानी, पिरिमसित जाने कि नजाने ? जीवनको यथार्थ भोगाइ र जीवनप्रतिको समपर्ण पनि गीतमा झल्कियो जीवन हो घामपानी।
एकपछि अर्को गरी लोकप्रिय गीत गाउँदै गर्दा दर्शकले मोबाइलको लाइट बाल्दै आफ्नो उत्साह देखाइरहे। प्रकृति र संस्कृतिले धनी देश नेपाल घुम्नुपर्ने सुझाव उनको थियो। उनले पोखराको फेवा, बेगनास र रूपामा मात्रै होइन रारा ताल पनि घुम्नुपर्छ है भन्दै आन्तरिक पर्यटनलाई हौस्याए। उनले कर्णालीकै गीतमार्फत मनोरञ्जन थप्ने काम गरिरह“दा फेरि पोखरामै फर्किए। गीतमै भने तालको माछा कोही गन्न सक्दैन्, जातै सानो मायामा हुँदैन।
ब्याक टु नाइन्टिजको गीत जुन नेपाली सांगीतिक क्षेत्रमा निकै सदाबहार छ, त्यो गीत गायक अमृतले स्टेजबाट प्रस्तुति दिंदा पोखरेली दर्शकको उत्साह थपियो। जोमसोमै बजारमा, बाह्रबजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा अहिलेसम्म भा छैन घरबार गाएस“गै अमृत गुरुङले घरबार बेलैमा गर्नुपर्ने सुझाव दिए ‘घरबार उमेरमै गुर्नपर्छ। फेरि पछि पछुताउन नपरोस ह..इ.।’ निरन्तर दुईघण्टाको सांगीतिक माहोलमा दर्शक आफ्नो ठाउ“बाट कोही झ्याउ मानेर फर्किएनन्। दर्शकले बसेकै ठाउँमा नाच्ने उफ्रिने र हौसला थप्ने काम गरिरहँदा दर्शकलाई उठ्यो बस्यो भन्दै नेपथ्यले जोस भरिरह्यो।
आकाशबाट के उडी आयो भेडाको ऊन जस्तो अर्को प्रस्तुति रह्यो। गायक गुरुङले खान्न“ म त लाम पाते सुरती, लाउँ कि नलाउँ जुग जाने पिरती भन्दै पिरतीलाई जुग जानेसम्म लाउनुपर्छ भन्ने सन्देश गीतमार्फत दिए। सानोमा सानो कमलको हा“गा रेशम गीत पनि सर्वसाधारणको जनजिब्रोमै थियो। उनले अबको चुनावमा पनि देशलाई परिवर्तन गर्ने सच्चा नेतृत्व ल्याउनुपर्ने स्टेजबाटै गाए, गाउँ-गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ। समाजमा सन्देश दिने गीत नेपथ्यले आफ्नो सांगीतिक यात्रामा समेट्दै आएको छ रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो ज्य“ुदो रगतसरी यो बल्दो यो सान हाम्रो।
पोखरा रंगशालामा नेपथ्यको दोस्रो पटक प्रस्तुति हो। गुरुङले दोस्रोपटक प्रस्तुति दिंदा विगतलाई सम्झिए। पोखरामा कन्सर्टको अवसर भने पोखरा एभेन्जर्सले जुराएको थियो। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले नेपथ्यलाई पोखरा फुटबल स्टेडियममा उतारको हो। क्रिकेटका लागि नेपथ्य भन्ने नारासहित पोखरा एभेन्जर्सले नेपथ्यलाई पोखरा ल्याउन जमर्को गरेको हो। एभेन्जर्सले गेट टिकटको ३ सय रुपैया“ जिल्ला खेलकुद विकास समिति कास्कीलाई र गण्डकी प्रदेशका सामुदायिक विद्यालयलाई क्रिकेट सामान प्रदान गर्न एक सय रुपैया“ सहयोग गर्ने प्रतिबद्धता गरेको छ। सप्राप्त सहयोगलाई पोखरा रंगशालाको भौतिक पूर्वाधार मर्मतमा खर्च गरिने समितिले जनाएको छ।











प्रतिक्रिया