विद्यार्थीलाई न्यानो कपडा

1.32k
Shares

दोलखा।

नीता राउत फाउण्डेशनले दोलखाको  गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ५ सुरीमा रहेको बिष्णुश्वरी प्राथामिक विद्यालयका १७ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । वडा अध्यक्ष सुन्दर खड्का र फाउण्डेशनको अध्यक्ष नीता राउतले बालबालिकालाई न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

विद्यालयमा अध्यनरत कक्षा १ देखि कक्षा ५ सम्म अध्यनरत १७ जना बालबालिकालाई न्यानो कपडा स्वीटर र टोपी वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर खत्रीले बताए । १७ जनामा ७ जना सुरेल समुदायका बालबालिका रहेको प्रधानाध्यापक खत्रीको भनाई छ ।

नीता राउत फाउण्डेशनले दोलखाका अलवा देशका बिभिन्न विद्यालय तथा समुदायमा न्यानो कपडा, स्टेशनरी सामग्री लगायत वितरण गर्दै आएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रममा गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुन्दर खड्का, दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विनोद तमाङ, नीता राउत फाउण्डेशनका अध्यक्ष नीता राउत, नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष जीवन लामा, सुरेल जाति उत्थान समाजका पूर्व अध्यक्ष सुवास सुरेल लगायतका सहभागिता रहेको थियो ।