गाजामा नरसंहारको आरोपमा टर्कीद्वारा नेतान्याहुसहित ३७ इजरायली अधिकारीविरुद्ध गिरफ्तारी वारेन्ट


काठमाडौं ।

टर्कीले गाजा क्षेत्रमा भएको नरसंहारको आरोपमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहित उच्च अधिकारीहरूविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ । इस्तानबुल अभियोजक कार्यालयले कुल ३७ जनाविरुद्ध वारेन्ट जारी गरेको हो ।

एएफपीका अनुसार वारेन्ट जारी भएकामध्ये इजरायलका रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिर पनि छन् । उनीहरूलाई ‘जनसंहार र मानवताविरुद्ध अपराध’ गरेको आरोप लगाइएको छ ।

टर्कीले इजरायलले गाजामा व्यवस्थित रूपमा जनसंहार गरेको आरोप लगाएको छ भने इजरायलले टर्कीको निर्णयको विरोध गरेको छ । इजरायली विदेशमन्त्री गिदोन सारले टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको यो कदम ‘तानाशाही शैलीको प्रचार मात्र’ भएको टिप्पणी गरेका छन् ।