काठमाडौं ।
श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा नेपाली टोलीले एकै दिन दुई जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको हो । नेपालले श्रीलंकालाई २५–१८,२६–२४, १९–२५, २५–२० ले हराएको हो । यस्तै, नेपालले माल्दिभ्सलाई सोझो सेट ३–० ले हराएको थियो ।
तर, नेपाली टोली यसअघिको खेलमा भने पराजित भएको थियो । कीर्गिस्तानसँग नेपालले निकै संघर्ष गरेपनि ३–२ ले हार बेहोर्नु परेको थियो । यो खेल नेपालले २–१ सेटले अग्रता लिइसकेको थियो । तर, चौथो र पाँचौं सेटमा नेपालले जित हासिल गर्न सकेन ।
च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ । कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।











प्रतिक्रिया