सेन्सरले काटेको अश्लील संवाद देखाउँदैजेरी अन टप


प्रदर्शनमा रहेको फिल्म जेरी अन टपले सेन्सर बोर्डले काट्न लगाएको अश्लील संवादसहित फिल्म देखाइरहेको पाइएको छ।
सेन्सर बोर्डको अनुगमनका क्रममा फिल्ममा रहेको अश्लील लाग्ने संवाद नकाटी देखाइएको पाइएको हो। जेरी अन टपले सेन्सरका अन्य नियमको पालनासमेत नगरेको पाइएको छ।

फिल्ममा सेन्सरको निर्देशनबमोजिम अश्लील लाग्ने संवाद म्युट नगरिएको, धुम्रपान–मद्यपान हानिकारक छ भन्ने सन्देश नराखिएको, तोङ्बा पिएको दृश्यमा पनि सन्देश नलेखिएको पाइएको सेन्सर बोर्डले जनाएको छ। कार्यविधिअनुसार नेपाली भाषामा हुनुपर्नेमा सबै सन्देश अंग्रेजी भाषामा राखिएको प्रति पनि सेन्सर बोर्डले आपत्ती जनाएको छ। यस विषयमा बोर्डले सम्बन्धित फिल्मसँग लिखित स्पष्टीकरण मागेको छ।

अनुगमनका क्रममा जेरी अन टप मात्र नभई अन्य फिल्मले पनि सेन्सर बोर्डलाई अटेर गरेको पाइएको छ। यस्तै नियम उल्लंघन गरेका कारण मंगलबार बसेको कोशेढुंगा नामक फिल्मको प्रदर्शन नै रोक्ने निर्णय गरेको छ।