टाटा पाट्र्सको मेला अवधि थप


काठमाडौं ।

सिप्रदी अटोपाट्र्स प्रा.लि. द्वारा सञ्चालित “पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला” अन्तर्गत ग्राहकले अब कार्तिक २७ गतेसम्म सहभागी हुन सक्ने भएका छन् ।

यस योजनामा सहभागी ग्राहकहरूले टाटा जेन्युइन पाट्र्स खरिद गर्दा लक्की ड्रमा सहभागी हुन पाउनेछन् । साथै, खरिदकै समयमा एक हजारसम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

त्यस्तै लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम कार्तिक २८ गते हुने छ । यसअघि कार्तिक २१ गतेका लागि तय गरिएको मिति ग्राहक सहभागिता बढाउने उद्देश्यले परिमार्जन गरेको कम्पनीले जानकारी दिएको छ । लक्की ड्रका विजेताहरूको घोषणा सिप्रदी अटोपाट्र्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।