काठमाडौं ।
देवाशिष रेउलेले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार विजयी सुरुआत गरेका छन् ।
होटल मिस्टिक माउन्टेनको आयोजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा देवाशिषले ओजेज महर्जनलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा साश्वत बुद्धचार्य, आयुशमान घले, निश्चल कायश्थ, असभसम्राट हाडा, दर्शिल श्रेष्ठ, छेवाङ लामा, सर्वेश खनाल, विपुल अधिकारी, सन्तोष खत्री र निहालजंगबहादुर राणाले सफलता पाए ।
महिला सिंगल्समा शिभाली गुरुङ, प्रकृति श्रेष्ठ र स्वस्तिका विष्टले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै जितका साथ यात्रा प्रारम्भ गरे । यु–१६ ब्वाइज सिंगल्समा सन्दिप विक, अभिषेक गुरुङ, दर्शिल श्रेष्ठ, युभेनमान श्रेष्ठ, साङ्गे रोकाया, सुरेन्द्र विक र सूर्यान्श श्रेष्ठले जित हात पारे । यु–१४ ब्वाइज सिंगल्समा आर्यश पौडेल, सुरेन्द्र विक, सुजन कुइकेल र समय विष्ट विजयी भए ।
१६ स्पर्धा समावेश पाँचदिने प्रतियोगितामा १ सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी छन् । दोश्रो संस्करणको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ रहेको छ ।











प्रतिक्रिया