खेलकुद मन्त्रालयद्वारा खेलका सुधार कार्ययोजना सार्वजनिक


काठमाडौ ।

युवा तथा खेलकुद मन्त्रालयले मंगलबार सुधार कार्ययोजना सार्वजनिक गरेको छ । सो सार्वजनिक भएको कार्ययोजनामा केही बुँदाहरू समावेश गरिएको छ । जसमा, खेलकुद पुर्वाधारको वर्गीकरण र कार्यान्वयन जिम्मेवारीलाई तहगत सरकारमा बाँडफाड सम्बन्धी कार्यविधि÷मापदण्ड निर्माण गर्ने जस्ता कार्ययोजना रहेको छ ।

यस्तै, मन्त्रालय र मन्त्रालयसम्बद्ध निकायका बैठकका गतिविधिलाई सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने भनिएको छ । जुन यसअघि नै यसको प्रारम्भ भइसकेको छ । गत साता अखिल नेपाल फुटबल संघ (एन्फा) सँग भएको छलफल तथा एन्फाका महासचिव किरण राईसँग भएको कुराकानी सामाजिक संजालमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

अन्य कार्ययोजना यसप्रकारका छन्ः

–गैर सरकारी निकाय र निजी संस्थागत सामाजिक उत्तरदायित्वको रकमलाई खेलकुद पूर्वाधार, प्रशिक्षण र कार्यक्रम सञ्चालनमा उपयोगका लागि कार्यविधि÷मापदण्ड तयार गर्ने ।

–मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरु एवं खेल संघहरुबाट गरिने आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्ने ।
–स्थानीय तह, जिल्ला तह, प्रदेश तह र राष्ट्रिय तहका खेलाडीको खेलकुद सम्बद्ध जानकारी समेटिएको विद्युतीय अभिलेख तयार गरी खेलाडी परिचयपत्रका आधारमा व्यवस्थापन गर्ने प्रक्रियाका लागि तयारीका सुरु गर्ने,

–राष्ट्रिय खेलकुद परिषद र नेपाल स्काउट जस्ता स्वायत्त संस्थाहरूको आन्तरिक स्रोत पहिचान र परिचालन गर्ने ।
– आन्तरिक श्रोत पहिचान गर्ने,
–आन्तरिक श्रोत परिचालन कार्यविधि निर्माण गर्ने,
–कोषमा श्रोत संकलन गर्ने,
–आन्तरिक श्रोतको बजेट नियमानुसार स्वीकृत गरी कार्यान्वयनमा लैजाने ।