सबैले हेर्न मिल्ने मनबिनाको धन


पर्सि शुक्रबारबाट रिलिजमा आउने फिल्म मनबिनाको धन सबैले हेर्न मिल्ने भएको छ।
सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएस“गै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। फिल्मको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले हौसला मिलेको र दर्शकले मन पराउने विश्वास रहेको निर्देशक टंक बुढाथोकीले बताए। फिल्मको ट्रेलरलाई युट्यबमा १० लाख बढीपटक हेरिसकिएको छ।

अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारले अभिनय गरेको फिल्म बाटोमा गीत गाउ“दै माग्दै हि“डेर गायन क्षेत्रमा सानै उमेरमा ठूलो नाम बनाएका अशोक दर्जीको संघर्ष र सफलताको कथामा बनेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा कथा निर्देशक बुढाथोकीकै छ भने पटकथा र संवाद शिवम् अधिकारी, संगीत टंक बुढाथोकी, छाया“कन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने र सम्पादन मित्र डी.गुरुङको रहेको छ। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा विष्णुमाया मैनालीले निर्माण गरेको फिल्ममा सपना शर्मा (सपना) कार्यकारी निर्माता, जीपी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता तथा टिकाराम बुढाथोकी क्रियटिभ निर्देशक छन्।