काठमाडौं ।
नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले रकम हस्तान्तरण गरेका छन्।
नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीले रु १ करोड मात्र (रु १,००,००,०००) र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल बल्लभ पन्तले रु २५ लाख मात्र (रु २५,००,०००) को चेक अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
आज प्राप्त योगदानसहित कोषमा जम्मा रकम रु ७,५१,६०,४३९ (सात करोड एकाउन्न लाख साठी हजार चार सय उनान्चालीस मात्र) संकलन भएको जनाएको छ











प्रतिक्रिया