नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा राजधानीमा पहिलोपटक ३ दिने काठमाडौं हरर फिल्म फेस्टिभल (केएचएफएफ) सम्पन्न भएको छ।
विभिन्न देशका फिल्मकर्मी र दर्शकलाई एकै छातामुनि ल्याउँदै डर, कला र कथनको संगम प्रस्तुत गरिएको फेस्टिभलमा इन्डोनेसियाको लबिनक सर्वश्रेष्ठ फिचर फिल्म घोषित भएको छ। स्थानीय र अन्तर्राष्ट्रिय दर्शकको उल्लेखनीय सहभागितामा ३ दिनमा २५ फिल्म प्रदर्शन गरिएको फेस्टिभलमा मेक्सिकोको ए इयर अफर म्यारिज सर्वश्रेष्ठ छोटो फिल्म, बंगलादेशको फरनेर्स वन्ली युवा फिल्म, भारतको बोक्सी जुरी स्पेसल अवार्डको विजेता भयो।
हरर सिनेमालाई कला र संस्कृतिको अभिव्यक्तिस्वरूप प्रस्तुत फेस्टिभलमा रुस, इन्डोनेसिया, भारत, मेक्सिको, बंगलादेश र नेपालका फिल्म सहभागी थिए। प्रतिष्ठानका उपाध्यक्ष शिव पुरीले फिल्मलाई माध्यम बनाएर संस्कृति, सन्देश र सिर्जनशीलतालाई जोड्ने उद्देश्यले आयोजित फेस्टिवभलले त्यो लक्ष्यतर्फको ढोका खोलेको बताए। फेस्टिभलको शुभारम्भ शामन नामक रूसी फिल्मबाट भएको थियो। साइबेरियाली गाउ“को रहस्यमय संसारमा डुबाएको फिल्म निर्देशक मिखाइल मर्जलिकिनको निर्देशनमा बनेको बनेको थियो।
फिल्मले आत्मा र मानव संसारबीचको सिमानालाई तोडेको थियो। पहिलो दिनका फिल्मले दर्शकलाई भावनात्मक र मनोवैज्ञानिक डरका बीच बाँधेको थियो। मेक्सिकोको फिल्म ए म्यारिज अफ इयरबाछ निर्देशक पाब्लो क्यामार्गो लोपेजले प्रेम र समयको दूरीलाई अनौठो रूपमा प्रस्तुत गरेका थिए। एउटा जोडीले बिहे उपहारमा पाएको प्राणीले उनीहरूको सम्बन्धको परीक्षा लिने कथा फिल्ममा थियो। भारतको द लियापार्ड मार्फत निर्देशक मुक्ति कृष्णले मुम्बईको नयाँ बस्तीमा पसेको चित्ताको घटनाबाट बालकको डर र मानसिक अशान्तिलाई उजागर गरेको थियो। इन्डोनेसियाको लबिनाक मार्फत निर्देशक अजहार किनोइ लुबिसले नरभक्षी (मानवकै भोग खाने) डर पैदा गराएका थिए। .
दोस्रो दिन नेपाली मौलिक कथा र अन्तर्राष्ट्रिय सशक्त विषयको संगम देखियो।नेपालको खेलमार्पmत निर्देशक अनुराग प्रधान र आस्था श्रेष्ठले पुरानो छात्रावास फर्केर अधुरो खेल पूरा गर्न खोज्ने केही युवतीको कथासँगै डर र दोषको सामना प्रस्तुत गरे भने नेपालकै डाउन बाई द रिभरसाइड मार्फत निर्देशक अनुस्का आनन्दाद्वारा प्रस्तुत मिनिमलिस्टिक तर गहिरो कथा, जसमा बुबाको साधारण दिन रहस्यमय यात्रामा परिणत गरिन्।
भारतको बोक्सीबाट निर्देशक भार्गव साइकियाले मिथक, अन्धविश्वास र स्त्री शक्तिको सशक्त चित्रण गरे। अन्तिम तथा तेस्रो दिन आइतबार नेपालको रिटुअल र बंगलादेशको फरनेर्स वन्ली प्रदर्शित भए। विशाल रोकामगरद्वारा निर्देशित रिटुअल परम्पराको उल्लंघन गर्ने छोराको कथा थियो, जसले परिवार र आत्मा संसारबीचको सम्बन्ध तोड्छ। निर्देशक नुहास हुमायुनको बंगलादेशी फिल्म फरनेर्स वन्ली समाजमा हुने विभेद र मानव संघर्षको कथा थियो।
यस वर्षको सफलतापछि, आयोजकले बिगर, बोल्डर, एन्ड डार्कर मोटोसहित २०२६ संस्करणको तयारी सुरु गरेको जनाएका छन्।











प्रतिक्रिया