सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


काठमाडौँ।

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ । आज छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार पनि सोही मूल्यमा खरिद–बिक्री भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।