१४औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल–२०२६ आगामी माघमा राजधानीमा हुने भएको छ। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजनामा हुने महोत्सवमा नेपाली, आदिवासी फिल्म, वृत्तचित्र, लघु फिल्म, म्युजिकल फिल्म समावेश गरिनेछ। फिल्म मंसिर पहिलो सातासम्म दिन सकिने आयोजकले जनाएका छन्।
१५ वर्षअघिबाट सुरू गरिएको यो महोत्सवले नेपाल र अफ्रिकासँगै संसारभरका सिनेमा सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण योगदान दिंदै आएको महोत्सवकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले बताइन्। महोत्सव निर्देशक डब्बु क्षत्रीले आगामी मंसिरको दोस्रो साताबाट निर्णायक टिमले फिल्म चयनको प्रक्रिया सुरू गर्ने जानकारी गराए। चयन भएका चलचित्रहरूको विवरण मंसिरको अन्तिम साता सार्वजनिक गर्ने र माघको पहिलो साता यो महोत्सव आयोजना गरिने पनि क्षत्रीले जानकारी गराए।
महोत्सवमा उत्कृष्ट ठहरिएका फिल्म, कलाकार र प्राविधिकलाई अवार्ड प्रदान गरिने छ। महोत्सवमा यस पटक नृत्य सम्बन्धी प्रशिक्षण, फिल्ममा जेनजी पुस्ताबारे अन्तरक्रिया, मास्टर क्लास, कलाकारको चित्र प्रदर्शनी पनि आयोजना गरिने भएको छ।











प्रतिक्रिया