न्युजिल्यान्डका विलियमसनद्वारा टी २० बाट संन्यास


लन्डन, (एजेन्सी)

न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसनले टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । ३५ वर्षीय विलियमसनले एकदिवसीय अन्तर्राष्ट्रिय र फ्रेन्चाइजी टी २० मा भने खेल्ने बताए । साथै उनले आगामी दिसेम्बरमा वेस्ट इन्डिजविरुद्धको तीन टेस्ट खेल्ने पनि बताए ।

टी २० अन्तर्राष्ट्रिय करिअरमा न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनले यस फरम्याटमा ९३ खेल खेल्दै कूल २ हजार ५७५ रन बनाएका छन् । उनी अगाडि रहेका एक मात्र खेलाडी मार्तिन गुप्टिलले ३ हजार ५३१ रन बनाएका छन् ।

विलियमसन न्युजिल्यान्डलाई टी २० विश्वकपको फाइनलमा पु¥याउने कप्तानको रूपमा परिचित छन् । तर, उनले उपाधि भने दिलाउन सकेनन् । यस फाइनल खेलमा न्युजिल्यान्ड अस्टे«लियासँग पराजित भएको थियो । जसमा, उनले टोलीका लागि सर्वाधिक ८५ रनको योगदान दिएका थिए ।

विलियमसनले टी २० अन्तर्राष्ट्रियमा न्युजिल्यान्डका लागि सन् २०११ मा डेब्यू गरेका थिए । तर, उनले जुन २०२४ देखि टी २० खेलेका छैनन् ।