हरि, बालगोपाल र चेतनलाई राष्ट्रिय टोलीको जिम्मा


काठमाडौं।

हरि खड्का, बालगोपाल साहुखल र चेतनकुमार घिमिरेलाई नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको जिम्मा दिइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यी तीन पुराना महारथीलाई टोलीको जिम्मा दिएको हो । विदेशी प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि एन्फाले हरि खड्कालाई प्रशिक्षकमा तथा बालगोपाल र चेतनलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपालले पाँचौ खेल मलेसियासँग नोभेम्बर १८ मा खेल्नेछ । यसअघि चार खेल खेलेको नेपालले सबैमा पराजय बेहोरेको हो । मलेसियासँग खेल्नुअघि नोभेम्बर १३ मा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने पनि शेड्युल रहेको छ ।