लोकप्रिय गायक आनन्द कार्की भारतमा सम्मानित भएका छन्।गायक कार्की चार दशकदेखि नेपालीसँगै अन्य भाषामा गीत गाएर योगदान पुर्याएवापत शान्तिवन, भारतमा आयोजित ग्लोबल समिट २०२५ बाट सम्मानित भएका हुन्। भारतका विभिन्न विशिष्ट व्यक्तिसँगै नेपालबाट गायक कार्कीलाई सम्मान गरिएको हो।

कार्यक्रममा गायक कार्कीले गीत संगीत पनि प्रस्तुत गरेका थिए। विश्वभरका विभिन्न नेता, कलाकार र चिन्तकहरूको बीचमा गरिएको सम्मानले आफूलाई गर्वको अनुभूति भएको गायक आनन्द कार्कीले बताए। ‘सम्पूर्ण दर्शक स्रोताको माया र साथले यो सम्मान पाउन सफल भएको छु’ कार्कीले भने।
कार्कीले विभिन्न देशमा सम्पन्न सांगीतिक कन्सर्टहरूमा प्रस्तुत गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली गीत संगीतलाई पुर्याउँदै आएका छन्। उनले भारतमा पनि थुप्रै सांगीतिक कार्यक्रममा आप्mना गीत संगीत प्रस्तुत गर्दै आएका छन्। कार्कीले हिन्दी भाषामा पनि थुप्रै गीत र गजल गाएका छन्।











प्रतिक्रिया