महिला विश्वकपमा नयाँ च्याम्पियन हुने पक्का


काठमाडौं।

एकदिवसीयको महिला क्रिकेट विश्वकप प्रतियोगितामा आज नयाँ टोली च्याम्पियन हुनेछ । दक्षिण अफ्रिका र भारतले फाइनल खेल्ने भएपछि प्रतियोगितामा पहिलो पटक नयाँ टोली च्याम्पियन बन्न लागेको हो । साथै प्रतियोगिताको २५ वर्षमा चौथो टोली च्याम्पियन हुनेछ ।

यसअघि प्रतियोगितामा १२ संस्करण पूरा हुँदा केवल तीन टोलीले मात्रै उपाधि जितेको छ । जसमा, अस्टे«लिया, न्युजिल्यान्ड र इंग्ल्यान्ड हुन् । यसमध्ये अस्टे«लियाले ७ पटक जितेर उपाधिमाथि वर्चश्व बनाएको छ । यस्तै, इंग्ल्यान्डले ४ पटक र न्युजिल्यान्डले १ पटक उपाधि जितेका छन् ।

श्रीलंका र भारतमा जारी महिला क्रिकेट विश्वकपमा अस्टे«लिया र इंग्ल्यान्ड सेमिफाइनलमा क्रमशः भारत र दक्षिण अफ्रिकासँग पराजित भएका हुन् । यस्तै प्रतियोगितामा दक्षिण अफ्रिकाको पहिलो फाइनल खेल हुनेछ भने भारतको तेस्रो फाइनल खेल हुनेछ । भारत यसअघि २००५ र २०१७ को संस्करणमा क्रमशः अस्टे«लिया र इंग्ल्यान्डसँग हारेको थियो ।