दीपा पनि नासरिनमा अनुबन्ध


काठमाडौं।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी दीपा शाही बंगलादेशी क्लब नासरिन स्पोर्टस एकेडेमीमा अनुबन्ध भएकी छन् ।
नासरिनले शनिबार सामाजिक सञ्जालमार्फत दीपालाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । सो टोलीले आसन्न साफ महिला क्लब च्याम्पियनसिपका लागि नेपाली सेन्ट्रल मिडफिल्डरमा जमेकी दीपालाई पनि आबद्ध ग¥यो । यसअघि नेपाली खेलाडीहरू पुजा रानामगर र समीक्षा घिमिरेलाई अनुबन्ध गरिएको थियो ।

पहिलो पटक आयोजना हुन लागेको साफ महिला च्याम्प्पियनसिप नेपालमा आगामी डिसेम्बर ५ देखि २० सम्म हुँदैछ । प्रतियोगितामा नासरिनसँगै नेपालबाट विभागीय टोली एपिएफ क्लब, भारतबाट इस्ट बंगाल, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानबाट कराँची सिटीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा श्रीलंका र माल्दिभ्सबाट भने प्रतिनिधित्व हुनेछैन ।